Aamsanchar

दाङमा खोलामा डुबेर ६ वर्षीय बालकको मृत्यु

Author Image
शनिवार, भदौ ७, २०८२

दाङ : खोलामा डुबेर बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-११ सुकौराका ललिता चौधरीको छोरा ६ वर्षीय रमेश चौधरीको घर नजिकै रहेको डुरे खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको हो।

डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर