Aamsanchar

सुनको भाउ तोलको २ लाख नजिक

Author Image
आइतवार, भदौ ८, २०८२

काठमाडौं – सुनको भाउ तोलको २ लाख नजिक पुगेको छ।

आइतबार नेपाली बजारमा सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ४० रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर