Aamsanchar

नेपालले आज बङ्गलादेशसँग खेल्दै

Author Image
आइतवार, भदौ ८, २०८२

काठमाडौं- साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ।

खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ। यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन्। डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

नेपालले आउँदो आगामी बधुबार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतबार भूटानसँग खेल्ने छ।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर