

धनकुटा – पछिल्ला केही वर्षयता धनकुटा नगर क्षेत्रमा रहेका खानेपानीका अधिकांश स्रोतहरू सुक्दै गएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड)को प्राविधिक सहयोगमा धनकुटा नगरपालिकाले गरेको सर्वेक्षणले नगरभरिका १४ प्रतिशत पानीका मूल तथा पोखरी सुकिसकेको देखाएको हो । नगरपालिकाले ७ सय ९१ वटा पानीका स्रोतको सर्वेक्षण गर्दा ७ सय ५९ मूल र ३२ पोखरीमध्ये ९० मूल र १७ पोखरी गरी कुल १ सय ७ वटा स्रोत सुकिसकेको पाइएको इसिमोडकी मूलाधार व्यवस्थापन विश्लेषक अञ्जु पण्डितले बताइन् ।

उनका अनुसार सुकेका स्रोतमध्ये ५० प्रतिशत खडेरीका कारण, १९ प्रतिशत भूकम्पका कारण, १७ प्रतिशत पूर्वाधार विकासका कारण, ८ प्रतिशत अपहेलनाका कारण र ६ प्रतिशत बाढी–पहिरोका कारण हराएको देखिएको छ ।
Views: 76


