Aamsanchar

फिक्कलमा अटो र भारतीय नम्बर प्लेटको सानो गाडी ठोक्किँदा ७ जना घाइते

Author Image
आइतवार, भदौ ८, २०८२

इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलमा अटो र भारतीय नम्बर प्लेटको सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।

प्रदेश–१–०१–००२ ह ८२६२ नम्बरको अटो र भारतीय नम्बर प्लेट ए एच ७४ डब्लु बी ०६६२ नम्बरको सानो गाडी ठोक्किँदा अटोमा सवार सूर्योदय निवासी ३८ वर्षीया पवित्रा लिम्बू, १० वर्षीय दिप्सन लिम्बू, ७० वर्षीया कमला ढकाल, १५ वर्षीया छेप्साङ लिम्बू, ३० वर्षीया प्रमिला कार्की र उनका १ वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ।

हिजो भएको घटनाको समयमा अटोमा ७ जना सवार रहेको र सानो गाडीमा सूर्योदयकै भीम पाण्डे रहेको प्रारम्भिक जानकारी फिक्कल प्रहरीले दिएको छ।

घाइतेलाई फिक्कलस्थित श्रीनिधि हस्पिटल र पार्वती पोलिक्लिनिकमा प्रारम्भिक उपचार गरिसकेपछि थप उपचारका लागि झापा पठाइएको इलाम प्रहरीले जनाएको छ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर