Aamsanchar

चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्न्यास लिए

Author Image
आइतवार, भदौ ८, २०८२

काठमाण्डौ – भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत यसबारेमा जानकारी दिएका हुन् ।

सन् २०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यु गरेका चेतेश्वर पुजाराले १ सय ३ टेस्ट क्रिकेटमा १९ शतक र ३५ अर्धशतकसहित ७ हजार १ सय ९५ रन बनाएका छन् । उनको व्यक्तिगत उत्कृष्ट रन नटआउट २ सय ६ रहेको छ । पुजाराले आफ्नो अन्तिम टेस्ट सन् २०२३ जुनमा अस्ट्रेलियासँगको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा खेलेका थिए ।

सन् २०१८–१९ मा भारतले अस्ट्रेलियामा ४ टेस्ट शृङ्खला जितेको थियो । यो ऐतिहासिक जीतमा पुजाराले १ हजार २ सय ५८ बल खेल्दै ३ शतक बनाएका थिए । पुजारा शृङ्खलाको सर्वोत्कृष्ट खेलाडी पनि भए ।

गुजरातको राजकोटमा जन्मेका चेतेश्वर पुजारा धैर्यताका साथ ब्याटिङ गर्ने खेलाडीका रूपमा परिचित छन् । पुजाराले राहुल द्रभिडपछि भारतीय टेस्ट टोलीमा नम्बर–३ मा नयाँ पर्खालका रूपमा प्रसिद्धि पाएका छन् ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर