Aamsanchar

इलाम सदरमुकामस्थित बसपार्कको एक होटलमा पुरुष मृत फेला मृत

Author Image
आइतवार, भदौ ८, २०८२

पाँचथर — पाँचथरको हिलिहाङ_ गोपेटारका डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृत अवस्थामा भेटिएका छन् ।

 

३४ वर्षीय शेर्पालाई आइतबार बिहान सुतेको कोठामै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार शेर्पा अघिल्लो दिन साँझ इलाम बजारको सो होटलमा बास बस्न पुगेका थिए ।

शेर्पाको शव इलाम अस्पतालमा पोस्टमार्टमका लागि पठाउनुका साथै आफन्तलाई झिकाएर कानुनी प्रक्रिया अगाडि बढाएको पनि प्रहरीले जनाएको छ ।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर