विर्तामोड । नेपाल लोकतान्त्रिक खेलकुद संघको २ नम्बर क्षेत्रीय अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले दिपेन धिमालको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा आकाश उप्रेती, सहसचिवमा अभिषेक पकुवाल र कोषाध्यक्षमा सरस्वती चौधरी चयन भएका छन् ।
समितिका सदस्यहरुमा दिपु सापकोटा, अर्पण कार्की, विशाल कार्की, विनोद दाहाल, गोपाल गिरी, दिपेश श्रेष्ठ, प्रज्वल मगर, प्रतिक कन्दङवा, अविशेक आचार्य, मनिष मेचे, करण फुयाल, विवेक कार्की, रमेश बानिया, विद्यानन्द चौधरी, सम्मान प्रसाई, टिकाराम खतिवडा, अरुण डाँगी, प्रवेश मगर, सञ्जय भण्डारी, विष्णु कार्की, गोपाल बस्नेत, विवेक मानन्धर, विवेक बस्नेत, दिपेन खतिवडा, भुषण खतिवडा, करण राजवंशी, देवान मुर्मु, विमल टुडु, क्षितिज पाठक लगायत चयन भए ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राष्ट्रिय राजनीतिमा झापालाई महत्वपूर्ण दृष्टिकोणले हेरिने बताउँदै एकजुट भएर खेलकुद संघको उपल्लो तहको निर्वाचनमा प्रस्तुत हुन झापाका खेलकुदकर्मीलाई आग्रह गरे ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको भोलीदेखि इटहरीमा हुने कोशी प्रदेश अधिवेशन एवं केही समयपछि हुने केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा आज जिल्ला पार्टी कार्यालयमा आयोजित खेलाडीहरुको भेलालाई शुभकामना दिदै सभापति थेवेले एकता प्रदर्शन गरेर झापाको शाख जोगाउन खेलाडीहरुलाई आग्रह गरेका हुन
।



नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत प्रदेशसभा ख का सभापति किरण श्रेष्ठ र सञ्चालन सचिव चन्द्र चुडालले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष धिमालले प्रतिबद्धता मन्तब्य राखेका थिए ।


