Aamsanchar

तमोर नदीमा टिप्पर खस्याे , २४ वर्षीय युवक वेपत्ता

Author Image
सोमवार, भदौ ९, २०८२

ताप्लेजुङ- ताप्लेजुङस्थित निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर तमोर नदीमा खस्दा सोमबार एकजना बेपत्ता भएका छन् ।

प्रहरीकाअनुसार जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको हान्द्रुङस्थित तमोर कोरिडोर सडक खण्डदेखि तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले तनहुँको सुक्लागण्डकी गाउँपालिका–४ का २४ वर्षीय सुदीप सुवेदी बेपत्ता भएको जानकारी दिनुभयो ।

तमोर–५ जलविद्युत आयोजनाको ग १ क ६३१८ नम्बरको टिप्परमा समस्या आएपछि मर्मत गरेर चेक ९जाँच० गर्ने क्रममा सो टिप्पर अनियन्त्रित भई तमोरमा खसेको हो ।

टिप्पर तमोर नदी बिचमा देखिएको छ भने सुवेदी बेपत्ता भएका छन् । प्रहरी निरीक्षक बस्नेतअनुसार तमोर नदीमा बेपत्ता भएका सुवेदी तमोर–५ जलविद्युत आयोजनामा मेकानिकका रुपमा कार्यरत थिए ।

यता बेपत्ता सुवेदीको लेलेपको लुङ्थुङ प्रहरी चौकीबाट खटेको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर