Aamsanchar

भोलि तीजको दिन ठूलो पानी पर्ने सम्भावना

Author Image
सोमवार, भदौ ९, २०८२

काठमाण्डौ – यसपालिको तीजमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । नाचगानसहित रमाइलो गर्ने पर्वमा मौसमले पनि साथ दिने सम्भावना रहेको छ ।

अहिले नेपालमा मनसुनी प्रणालीको प्रभाव रहे पनि भोलि तीजको दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । मौसमविद् दाहालका अनुसार तीजको समयमा ठूलो पानी पर्ने सम्भावना नरहे पनि केही ठाँउमा मध्यम तथा सामान्य पानी पर्नेछ ।

भोलि कोशी, सुदूरपश्चिमका पहाडी तथा तराईका केही ठाँउमा मध्यम वर्षा हुनेछ भने बाग्मती तथा गण्डकी प्रदेशका थोरै पहाडी क्षेत्रमा हल्का तथा मध्यम वर्षा हुने विभागले जनाएको छ । तर दिउँसोअघि वर्षा हुने सम्भावना निकै कम छ ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर