Aamsanchar

पहिलोपटक पशुपतिनाथमा व्रतालुलाई पानीको फोहोरा

Author Image
मङ्गलवार, भदौ १०, २०८२

काठमाडौँ – तीज पर्वको अवसरमा पशुपतिनाथको दर्शन गर्नेहरूको बिहानैदेखि घुइँचो छ। दर्शनार्थीबिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान गरिरहेका छन् ।

व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्साउने व्यवस्था मिलाइएको छ। यसका लागि ‘वाटर ड्रपलेट’ को व्यवस्था गरिएको छ। तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको हो।

गर्मीको बेला शीतल होस् भनेर व्रतालुमाथि पानीको फोहोरा बर्सिने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले बताए।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर