Aamsanchar

रविचन्द्रन अश्विनले आइपीएलबाट सन्यास लिए

Author Image
बुधवार, भदौ ११, २०८२

काठमाडौं – भारतीय स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आइपीएल)बाट सन्यासको घोषणा गरेका छन्। उनले आफ्नो ट्वीटर ह्यान्डल(एक्स) बाट ‘विश्वका अन्य लिगहरु खेल्ने सम्भावनाको खोजीमा’ भन्ने लाइन सेयर गरेका छन्।

 

३८ वर्षीय अश्विनले विश्वका अन्य लिगहरु खेल्ने भन्दै आइपीएलको करिअर सकाएका छन्। उनी आइपीएलमा सर्वाधिक विकेट लिने पाँचौं बलरको रुपमा रहेका छन्। आइपीएलमा चेन्नाई सुपर किंग्सबाट करिअर सुरु गरेका अश्विनले राइजिङ पुणे सुपरजायन्ट, दिल्ली क्यापिटल्स, रजास्थान रोयल्स र किंग्स ११ पंजाबको कप्तानी गरेका थिए।

उनले सन्यासको घोषणा गर्दै लेखेका छन्, ‘यो एक खास दिन हो, त्यसैले आज एक नयाँ सुरुवात भएको छ। कुनै एउटा राम्रो चिजको अन्त्य भनेको नयाँ चिजको सुरुवात पनि हो। एक आइपीएल क्रिकेटको रुपमा आज मैले आफ्नो करिअर समाप्त गरिरहेको छु। योसँगै अन्य लिगहरुमा खेल्ने सम्भावनाको आज सुरुवात भएको छ। मैले आजसम्म जुन टिमहरुसँग खेलें, उनीहरुको याद र सम्झना सधैं रहिरहनेछ ।’ उनले यो लेख्दै सम्पूर्ण टिम र भारतीय क्रिकेट बोर्डलाई धन्यवाद दिएका छन्।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर