Aamsanchar

देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग

Author Image
बुधवार, भदौ ११, २०८२

काठमाडौं –  रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौंमा प्रदर्शन भएको छ ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग गरेका छन् । देवनागरी लिपिको रक्षा गरौं, नेपाली भाषा र लिपि मेट्न पाइँदैन, इम्बोस्डका भ्रष्टाचारीलाई जेल हाल लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

सरकारले २० साउन २०८२ मा १ असोजदेखि लागु हुने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको थियो । जनस्तरबाटै यसको विरोध भएपछि यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिबाना नलाग्ने मंगलबार स्पष्ट पारेको छ । विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वतस् स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ । विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्डरजरिबाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको थियो ।

 

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर