Aamsanchar

अस्ट्रेलियाद्वारा नेपाल ३ विकेटले पराजित

Author Image
बिहिवार, भदौ १२, २०८२

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ।

साउथ अस्ट्रेलियाले नेपालमाथि ३ विकेटको जित हासिल गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको साउथ अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।

नेपालले आजै साउथ अस्ट्रेलियासँग दोस्रो टी–२० खेल खेल्ने तालिका रहेको छ।

Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर