Aamsanchar

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्र कुवेर खापुङ

Author Image
शुक्रवार, भदौ १३, २०८२

काठमाडौं – सरकारले नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। खापुङ नेपाल प्रहरीको ३२ औं आईजीपी नियुक्त भएका हुन्।

 

हालका आईजीपी दिपक थापा यही भदौ १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो।

तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर