Aamsanchar

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिन पुगे

Author Image
आइतवार, भदौ १५, २०८२

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणका लागि चीनको थियानजिन पुगेका छन्।

उनी सांघाई सहयोग संगठन ९एससीओ० शिखर सम्मेलनमा पनि भाग लिन पुटिन चीन पुगेका हुन्।
रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन आइपुगेका हुन्। उनी तियानजिनपछि बेइजिङ जानेछन्।

राष्ट्रपति पुटिनलाई तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा गार्ड अफ अनर प्रदान गरिएको छ। भ्लादिमिर पुटिनले जापानसँगको युद्धको ८० औं वार्षिकोत्सव मनाउन चीनमा हुने विजय दिवस परेडमा पनि भाग लिनेछन्।

शिखर सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ पनि तियानजिन पुगेका छन्।

चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म आयोजना हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनका लागि धेरै देशका नेताहरू चीन पुगेका छन्।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर