

अफगानिस्तानको जलालाबाद नजिकै गएराति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या छ सय पुगेको छ । भुकम्पमा कैयौं घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको सङ्ख्या उल्लेख भएको छैन ।

अमेरिकी भू-गर्भ सर्वेक्षण (यूसजीएस) का अनुसार भूकम्प जलालाबाद शहरबाट १७ माइल टाढा र झन्डै पाँच माइलको गहिराइमा गएको हो । भूकम्पपछि ५।२ म्याग्निच्युड सम्मका कम्तीमा पाँचवटा पराकम्पन पनि गएराति छन् ।

अफगान स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्र दुर्गम र हिमाली भू–भाग भएकाले वास्तविक क्षति र जनधनको नोक्सानीबारे पूर्ण विवरण आउन समय लाग्नेछ । उहाँले उद्धारका लागि ठूलो अभियान शुरु गरिएको र सयौं जनशक्ति परिचालन गरिएको जानकारी बताउनुभएको छ ।


अफगानिस्तान भौगोलिक रूपमा उच्च भूकम्पीय जोखिममा रहेको देश हो । तीन वर्ष अघि सन २०२२ मा ५।९ म्याग्निच्युडको भूकम्प पूर्वी अफगानिस्तानमा गएर एक हजार मानिसको ज्यान गएको थियो । त्यस्तै दुई वर्ष अघि सन् २०२३ मा पश्चिमी हेरात प्रान्तमा एक हप्तामै तीनवटा ६।३ म्याग्निच्युडका भूकम्प गएर झन्डै एक हजार पाँच सयको ज्यान गएको थियो ।

