Aamsanchar

झापा महिला गोल्डकपको सदस्यता २०० नाघ्यो, आयोजक उत्साहका साथ तयारीमा

Author Image
सोमवार, भदौ १६, २०८२

बिर्तामोड । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपको सदस्यता संख्या २०० नाघेको छ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आयोजना हुने प्रतियोगितालाई भव्य बनाउन सदस्यता अभियान भदौदेखि सुरु गरिएको हो। सो अभियान अन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या दुई सय नाघिसकेको अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए।

सदस्यता अभियानमा झापासहित देश–विदेशमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिता देखिएको छ। दीर्घकालीन रुपमा गोल्डकपलाई संस्थागत बनाउन यो अभियानलाई विशेष प्राथमिकतामा राखिएको छ। सचिवालय प्रमुख हिमाल खरेलका अनुसार सदस्यलाई प्रतियोगितामा विशेष सुविधा दिने तयारी भइरहेको छ।

नेपालमै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता कात्तिक १५ देखि २२ गतेसम्म हुनेछ। प्रतियोगितामा नेपालका तीन विभागीय टिमसहित छवटा तथा भारत र भुटानका एक–एक टिमले सहभागिता जनाउने अध्यक्ष थोप्राले बताए।

प्रतियोगिताको अनुमानित खर्च करिब एक करोड रुपैयाँ रहनेछ। सञ्चालन सहयोगार्थ शिवसताक्षी नगरपालिका र वडा कार्यालयहरूले ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

गोल्डकप आयोजक समितिले सदस्यता अभियानलाई बलियो आधार बनाउँदै, स्थानीय तहसँग सहकार्य गर्दै र उत्साहपूर्वक तयारी अघि बढाइरहेको जनाएको छ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर