Aamsanchar

तोलामा ४०० रुपैयाँले घट्यो सुनको भाउ

Author Image
सोमवार, भदौ २३, २०८२

काठमाडौं – नेपाली बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा रहेको सुनको भाउ आज सोमबार घटेको छ।

सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ११ हजार ६०० रूपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदी पनि उच्च विन्दुमा पुगेर ओरालो लागेको छ। सोमबार चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।

सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर