Aamsanchar

डोनाल्ड ट्रम्पका नजिकका मित्र मानिने चार्लीकाे हत्या

Author Image
बिहिवार, भदौ २६, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मित्र मानिने चार्ली कर्कको हत्या भएको छ। युटामा आयोजित कार्यक्रममा कन्जभर्टिभ अभियन्ता कर्कको गोली लागेर मृत्यु भएको हो।

कर्क अमेरिकाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा बहस कार्यक्रमका लागि परिचित थिए। कर्कले अमेरिकामा हुने सामूहिक हत्याबारे बोलिरहेका वेला नै घरको छतबाट प्रहार भएको गोली लागेको थियो।

कर्कले १८ वर्षको उमेरमै कन्जर्भेटिभ ग्रुप टर्निङ प्वाइन्ट, अमेरिका स्थापना गरेका थिए। कर्कको हत्याको घटनालाई राष्ट्रपति ट्रम्पले गम्भीररूपमा लिएका छन्। ट्रुथ सोसियलमा ट्रम्पले गहिरो शोक प्रकट गरेका छन्। उनले चर्को आक्रोश व्यक्त गर्दै हत्यामा संलग्नमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

राजनीतिक हिंसाको संज्ञा दिँदै ट्रम्पले संलग्नलाई जसरी पनि खोज्ने पनि बताएका छन्। यसअघि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि हत्यामा संलग्न भएको नपाएपछि छोडिसकेको छ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर