Aamsanchar

आयो क्रिकेट खेलाडीको भिसा , सोमबार युएई जाने

Author Image
आइतवार, असोज ५, २०८२

 काठमाडौं :नेपाल र वेष्ट इन्डिजबीच हुने युनिटी कप टी ट्वेन्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीलाई युएईले भिसा दिएको छ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा युएईमा आगामी सेप्टेम्बर २७ देखि ३० सम्म नेपाल र वेष्टइन्डिजका राष्ट्रिय क्रिकेट टोलीबीच खेल हुँदैछ।

उनीहरुको भिसा आइसकेको र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू भोलि सोमबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर