

काठमाडौँ – काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस कपिलबस्तुमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस शिवराज नगरपालिका १ उमरिचोकस्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए। ३५ जना सवार बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

Views: 58

