

काठमाडौं – नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख २३ हजार पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १३ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख २३ हजार पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य हो।


मंगलबार ३ हजार ९०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख २१ हजार ७०० पुगेको थियो। यसैगरी चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ।


Views: 49

