
प्रथावित योजना ।

काठमाडौँ, असोज ११ – नेपाली महिला फुटबलले पछिल्ला वर्षमा हासिल गरेको सफलता अब स्थायी पूर्वाधारसँग जोडिँदै छ। काठमाडौँ महानगरपालिकाले महिला फुटबलका लागि Dedicated Training Ground र मिनि रंगशालाको निर्माण कार्य अघि बढाएको छ।

महानगरको वार्ड ५ अन्तर्गत सानो गौचरनस्थित जग्गामा अहिले रंगशाला पुनःनिर्माणको काम धमाधम भइरहेको छ। २०८१ मंसिरमा सुरु भएको काम २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुल लागत १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा शुभ कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको हो।

निर्माणाधीन स्टेडियममा ९६×६२ मिटरको खेलमैदान हुनेछ, जसमा आकाशे पानी निकास प्रणालीसहित कृत्रिम घाँस बिछ्याइनेछ। मैदान वरिपरि सिमापर्खाल निर्माण हुनेछ।


रंगशाला परिसरभित्र २८ वटा चार पाङ्ग्रे र १७८ वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ रहनेछ। त्यस्तै, स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय, तथा पहिलो तलामा महिलाका लागि ७ र पुरुषका लागि ५ वटा शौचालय रहने व्यवस्था गरिएको छ।
काठमाडौँ महानगरका अनुसार विद्यालय र सार्वजनिक स्थानका खेलमैदानहरूको स्तरउन्नतिसँगै यो मिनि रंगशाला महिला फुटबललाई थप संगठित र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

