Aamsanchar

आज कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही ठाउँमा पानी पर्ने

Author Image
मङ्गलवार, असोज १४, २०८२

झापा । गएको एक घण्टामा सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। सुदूरपश्चिमको हनुमाननगर नगरपालिका क्षेत्रमा मात्रै ४४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस्तै बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेको र त्यससँगै स्थानीय वायूको समेत प्रभाव रहेको उल्लेख गरिएको छ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२