

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाअन्तर्गतको अन्तिम खेल आज मंगलबार हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा ८ बजे यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा हुनेछ।

दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ भने आज क्लिन स्वीप गर्ने मौका छ। अधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।

नेपालले आज क्लिनस्वीप गर्न सकेमा टेस्ट राष्ट्रविरुद्ध अर्को कीर्तिमानी जित हुनेछ ।


Views: 113

