Aamsanchar

सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान

Author Image
बुधवार, असोज १५, २०८२

काठमाडौं – नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको पोल एमा परेको छ। यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान छन्।

प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुनेछ।

सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। पोल बीमा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र यूएई छन्। पोल सीमा भारत, पाकिस्तान र कुवेत तथा पोल डीमा श्रीलङ्का, बंगलादेश र हङकङ सामेल छन्।

नेपालले पहिलो पटक गत वर्ष यस प्रतियोगितामा सहभागिता जनाएको हो यो नेपालको दास्रो सहभागिता हो। ३३ वर्षको लामो इतिहास बोकेको यो प्रतियोगिता अनौठो ढाँचा र रोमाञ्चक शैलीका कारण विश्वभर चर्चित छ।

हरेक खेल छ ओभरको हुनेछ र तीन दिनमा जम्मा २९ खेल खेलिने छन्। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर