Aamsanchar

नागढुंगामा तैनाथ प्रहरीले ‘माइकिङ’ गर्याे, काठमाडौँ नै फर्किन सुझाव

Author Image
शनिवार, असोज १८, २०८२

काठमाडौँ – प्रहरीले नागढुंगा-मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको भन्दै यात्रा नगर्न भनेको छ।

काठमाडौँको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीले ‘माइकिङ’ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन्। नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ नगई काठमाडौँ नै फर्किन उनीहरूले सुझाव दिएका छन्।

‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले सम्पूर्ण चालक महानुभावहरू, तपाईँहरूलाई यहाँबाट पठाउन सकिँदैन। काठमाडौँ फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौँ,’ प्रहरीहरूले माइकिङ गरिरहेका छन्।

धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि बिहान ६ बजेबाट गाडी चलाउन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति २ बजेतिर धादिङको बेनिघाट रोराङ-१० स्थित जवाङखोलामा पहिरो खसेको थियो। यसपछि राजमार्ग बन्द भएको हो ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर