Aamsanchar

पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खस्याे

Author Image
शनिवार, असोज १८, २०८२

फायल तस्बिर

झापा – धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ ।

कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले दिएको जानकारीअनुसार धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा खसेको हो ।

जीप करिब पाँच सय मिटर तल खसेको उनले जानकारी दिए।

“अहिले प्रहरीको टोली त्यहाँ पुग्दैछ,” उनले भने ।

प्रत्यक्षदर्शी सागर ढकालले पनि गाडी खसेको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत् उद्धारका लागि अनुरोध गरेका छन् । उनका अनुसार कार्तिके नजिकै गाडी खसेको हो ।

Views: 451

प्रतिक्रिया (०)

सम्बन्धित खबर