Aamsanchar

झापामा कन्काई नदी खतरा स्तर नाघ्यो, बिरिङ नदी पनि खतरा तहमा

Author Image
शनिवार, असोज १८, २०८२

 

झापा-निरन्तर वर्षाका कारण कन्काई नदीको जलस्तर तीव्र रूपमा बढ्दै अहिले खतरा स्तर नाघेको छ। मापन अनुसार कन्काई नदीको पानीको स्तर ५.३८ मिटर पुगेको छ । यो स्तर ३.८ मिटरमा सचेतना र ४.३ मिटरमा खतरा स्तर मानिन्छ। सन् २०७४ सालमा नदीको पानी ५.४ मिटर पुगेको थियो।

बिरिङ नदी पनि खतरा तहमा पुगेको जनाइएको छ। झापा र इलाम क्षेत्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएकाले बाढीको जोखिम उच्च बनेको हो।

सुरक्षा निकाय र स्थानीय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र जोखिमपूर्ण गतिविधि नगर्न अनुरोध गरिएको छ।

यस्तै, स्थिति नियन्त्रण र राहतसम्बन्धी तत्कालीन तयारीका लागि सीडीओ कार्यालय झापामा आज  आकस्मिक बैठक बस्ने भएको छ।

 

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर