Aamsanchar

एपीएफका सबै कर्मचारी आज हाजिर नभए कारबाही हुने

Author Image
शनिवार, असोज १८, २०८२

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)को प्रधान कार्यालयले आफू मातहतका सबै कर्मचारीलाई आज हाजिर हुन निर्देशन दिएको छ । हिजाे एक निर्देशनमार्फत एपीएफले दसैँ बिदामा कर्मचारीलाई सबैभन्दा नजिकको सशस्त्र प्रहरी बलको युनिट तथा कार्यालयमा आज बिहान १० बजेभित्र अनिवार्य हाजिर हुन भनेको छ ।

बाढी, पहिरो र विपद् जोखिमका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरे पनि सुरक्षा निकायका कर्मचारी सदैव परिचालन हुनुपर्ने भएकाले निर्देशन जारी गरिएको एपीएफले जनाएको छ ।

हाजिर भएका कर्मचारीहरूलाई विपद् उद्धार कार्यमा परिचालन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

तोकिएको मितिमा हाजिर नहुने कर्मचारीलाई विपद् उद्धार कार्यमा परिचालन हुन नसकेको ठहर गर्दै सशस्त्र प्रहरी नियमानुसार कारबाही गरिने पनि निर्देशनमा उल्लेख छ ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर