Aamsanchar

मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगायाे, इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो

Author Image
आइतवार, असोज १९, २०८२

झापा  – मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ ।

केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।

इलाम नगरपालिका-११ बेलासेमा माईखोला माथि करिब ५ वर्ष पहिले मात्रै बनेको पक्की पुल क्षतिग्रस्त भएपछि त्यहाँबाट आउजाउ ठप्प भएको छ ।

मेची राजमार्ग पहिरोले बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो खसेकाले आउ–जाउ बन्द भएको छ ।

Views: 56

प्रतिक्रिया (०)