

काठमाडौं – फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार राजीनामा दिएका छन्। प्रधानमन्त्रीको पदभार सम्हालेको एक महिना नपुग्दै उनले राजीनामा दिएका हुन्। लेकोर्नु पछिल्लो दुई वर्षमा पाँचौं फ्रान्सेली प्रधानमन्त्री हुन्।

नयाँ मन्त्रिपरिषद् घोषणा भएको केही घण्टापछि नै उनको राजीनामा आएको हो। लेकोर्नुले सोमबार बिहान राष्ट्रपति इमानुएल म्याक्रोनसँग लगभग एक घण्टा भेटघाट गरेका थिए। त्यसको केही समयपछि राष्ट्रपति कार्यालयले उनको राजीनामाको घोषणा गरेको थियो।
Views: 65

