

दमक-झापाको दमकमा एक नावालक सुतेकै ठाउँमा मंगलबार विहान मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय दमकका अनुसार दमक वडा –५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाका अनुसार बेलुकाको खाना खाई बुवा चन्द्रमान रिमालसँगै कोठामा सुतेको र विहान ६ बजे उठेर हेर्दा मृत अवस्थामा देखिएको भनेर प्रहरीमा खबर आएको छ ।

प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । मृतक बालकको आमा बैदेशिक रोजगारमा माल्दिभ्समा रहेको अवस्थामा गतबर्ष उहि मृत्यु भएको थियो ।

Views: 126

