Aamsanchar

मुख्यद्वार बन्द गर्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु

Author Image
बुधवार, असोज २२, २०८२

जनकपुरधाम – धनुषामा करेण्ट लागेर गए राति एकजनाको मृत्यु भएको छ। विदेह नगरपालिका-२ दुहबीका ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको हो ।

राति करिब ११ बजेतिर मुख्यद्वार (मेन गेट) बन्द गर्ने क्रममा उनलाई करेण्ट लागेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए। गम्भीर घाइते उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरे।

जन्मजात फरक क्षमताका उनी बालबालिकालाई ट्युसन पढाएर जीविका गर्थे। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। छोरा रोजगारका क्रममा विदेशमा छन् भने छोरीको विवाह भइसकेको छ।

प्रादेशिक अस्पताल जनकपुरधाममा उनको शवको पोष्टमार्टम भइरहेको ​प्रहरीले जनाएको छ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर