Aamsanchar

नेपाली महिला क्रिकेट टोलीले जित्यो मलेसियासँगको टी-२० आई शृङ्खला

Author Image
बुधवार, असोज २२, २०८२

काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० आई शृङ्खला हात पारेको छ। मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको शृंखला ३-२ ले जितेको हो ।

नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा १३ रनले पराजित भई चौथो खेलमा ६ विकेटको जित निकालेको थियो।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी( २० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि यो शृङ्खला भएको हो।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर