Aamsanchar

दशैँमा धरानमा २३ करोडको खसीबोकाको कारोबार

Author Image
बुधवार, असोज २२, २०८२

सुनसरी – यसपालीको दशैँमा सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोका बिक्री गत वर्षको तुलनामा घटेको छ।

लगातारको वर्षा, बाढी–पहिरोका कारण खसीबोकाको आपूर्ति र बिक्री दुवैमा असर परेको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए।

 

उनका अनुसार असोज महिनाभर अविरल वर्षा परेपछि पहाडी जिल्लाबाट ल्याइने खसीबोकाको ढुवानीमा कठिनाइ भएको हो।। ʻगाउँठाउँबाट ल्याइने खसी सडक अवरुद्धका कारण समयमा बजारसम्म आउन सकेन। यसले व्यापारी र उपभोक्ता दुवै प्रभावित भए,ʼ उनले भने।

गत वर्षको दशैँमा धरान कृषि बजारमा २९ करोड बराबरका ९ हजार ५०० वटा खसीबोका बिक्री भएका थिए। तर यो वर्ष कारोबार घटेर २३ करोड रुपैयाँ बराबरका ९ हजार एकसय वटा मात्र खसीबोका बिक्री भएको व्यवस्थापक भट्टराईले बताए।

 

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर