Aamsanchar

चाँदीको सिक्का किन्न भीड

Author Image
बुधवार, असोज २९, २०८२

काठमाडौं-नेपाल राष्ट्र बैंकले यसवर्ष सर्वसाधारणलाई चाँदीको सिक्काको मात्रै बिक्री खुला गरेको छ । चाँदीको सिक्का किन्न मंगलबारदेखि टक्सार महाशाखामा भीड लागेको छ ।

टक्सार महाशाखाका अनुसार १०/१० ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । सिक्का आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार यसपटक व्य सुनको असर्फी विक्री बन्द गरिएको छ भने चाँदीका सिक्का मात्रै उपलब्ध गराएको छ ।

पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको र बजारमा माग बढेको भएपनि आपूर्तिमा कमी देखिएको छ । विश्वभर अधिकांश केन्द्रीय बैंकले सञ्चितिको रुपमा सुन कायम राखिरहँदा आपूर्तिमा कमी देखिएको छ। बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार नाघेको छ ।

टक्सार महाशाखाले १०/ १० ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरिरहेको छ ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर