Aamsanchar

मारुती सिमेन्टद्वारा निर्माण इन्जिनियर र बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Author Image
शनिवार, कार्तिक १, २०८२

बिर्तामोड । देशकै प्रतिष्ठित सिमेन्ट उद्योग मारुती सिमेन्टले आफ्नो ब्राण्डलाई उपभोक्तामाझ अझ सशक्त रूपमा विस्तार गर्न पूर्वका जिल्लाहरूमा निर्माण प्राविधिक (इन्जिनियर) र बिक्रेताहरूसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ।

शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक आनन्द नेपालले सिमेन्ट उत्पादन, बिक्री र निर्यातसम्बन्धी जानकारी दिँदै सहभागीहरूको सुझाव ग्रहण गरेका थिए। उनले मारुती सिमेन्ट नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट भएको बताए। सरकारबाट ग्रेड उल्लेख गर्न अनुमति पाएपछि कम्पनीले नेपाल गुणस्तर तथा नापतौल विभागबाट औपचारिक रूपमा ५३ ग्रेडको मान्यता प्राप्त गरेको उनले जनाए।

दैनिक १ लाख बोरा सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले यसअघि नै ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्टको मान्यता पाइसकेको र हाल भारतमा समेत निर्यात भइरहेको जानकारी दिइयो।

‘हामी बनाउ छौं नेपाल’  भन्ने नारालाई अघि सारेर अघि बढेको उद्योग डेढ दशकअघि स्थापना भएको मारुती सिमेन्ट नेपालकै पहिलो र निजी क्षेत्रको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा परिचित छ। उदयपुर जिल्लामा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन हुँदै आएको छ।

कम्पनीका सेल्स मेनेजर लक्ष्मी शिवाकोटीले मारुती सिमेन्टले आगामी दिनमा पनि “दरिलो विश्वास, मजबुत निर्माण” भन्ने मूल नाराका साथ गुणस्तर र सेवामा निरन्तर निखार ल्याउँदै समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा १०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। सहभागीहरूलाई सेल्स हेड ज्योती जोशीले स्वागत गरेकी थिइन्।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२