Aamsanchar

कमलामाईमा ढुङ्गा प्रहार गरि श्रीमतीले श्रीमानको हत्या गरिन्

Author Image
मङ्गलवार, कार्तिक ४, २०८२

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ।

वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी विवादका कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले गत कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाएकी थिइन्। उनको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो। अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए।

घर फिर्ता भएपछि यनको सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएको थियो। श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर