Aamsanchar

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, चालकसहित ६ जना घाइते

Author Image
शुक्रवार, कार्तिक ७, २०८२

सोलुखुम्बु – सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो।

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेकोमाप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष सगुजित राइले बताए।

दुर्घटनामा ६ जना घाइते भएको वडा अध्यक्ष राईको भनाइ छ। खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको उनले जानकारी दिए। चालकसहित ६ जना घाइते भएका छन्।

रातिको घटना भएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर