Aamsanchar

भारत महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा

Author Image
शुक्रवार, कार्तिक ८, २०८२

काठमाडौं – भारतले जारी महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ।

गएराति मुम्बईमा भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रन बनाएको थियो। वर्षाका कारण खेल सुरुमा ४९ ओभरमा घटाइएको थियो तर फेरि वर्षाका कारण खेल ४४ ओभरमा घटाइएको थियो।

न्युजिल्यान्डलाई ३२५ रनको नयाँ लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाएर २७१ रन मात्र बनायो। यो जितसँगै भारतीय टिम अष्ट्रेलिया, इङ्गल्याण्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ।​

न्युजल्यिाण्डसहित श्रीलंका, बंगलादेश र पाकिस्तान विश्वकपको सेमिफाइनलको दौडबाट बाहिरिएका छन्।

 

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर