Aamsanchar

हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा १० जनाको मृत्यु

Author Image
शुक्रवार, कार्तिक ८, २०८२

काठमाडौं – भारतको हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो । सो घटनामा १० जनाको मृत्यु पुष्टि भएको र केही यात्री गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । सो बसमा ४२ यात्री सवार थिए । समाचारअनुसार दुर्घटनामा परेर घाइते भएका यात्रुको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्ने सक्ने आशंका गरिएको छ ।

एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको समाचार छ । तर, स्थानीय प्रशासनले दुर्घटनाको कारण भने आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर