

झापा- झापाको बिर्तामोड–९ नडियावारीस्थित आदर्शचौक–हल्दिवारी भित्री सडकखण्डमा कार र सिटी सफारी एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन्।

आदर्शचौकबाट हल्दिवारीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३० च ८६७७ नम्बरको कारले गलत दिशामा गई विपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ७०२८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करपछि सिटी सफारी सडकको पश्चिमपट्टि पल्टिएको छ। दुर्घटनामा सिटी चालकसहित चारजना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित अस्पतालतर्फ लगिएको छ।

घटनास्थलमा सिटी सफारी अहिले पनि रहेको र कार तथा कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
Views: 229

