Aamsanchar

साउथ एसियन सिनियर एथ्लेटिक्समा सन्तोतीलाई कांस्य पदक, राष्ट्रिय कीर्तिमान बनाईन्

Author Image
शनिवार, कार्तिक ९, २०८२

काठमाडौं – गोल्डेन गर्लको रुपमा परिचिति सन्तोती श्रेष्ठले अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । नेपालकी सन्तोषी श्रेष्ठले भारतको राँची, झारखण्डमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला ५००० मिटर दौडमा कांस्य पदक जितेका छन् । यस्तै पुरुष ५००० मिटर दौडमा पनि नेपालका मुकेश पालले कांस्य पदक जिते ।

 

सन्तोषीले कान्छिमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान सहित कांस्य जितेकी हुन् । उनले निर्धारित दूरी १६ मिनेट ३६स्६२ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

 

कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा बनाएको १६ मिनेट ४९:९८ सेकेण्डको कीर्तिमान सन्तोषीको तोडेकी हुन् । यस इभेन्टमा भारतीय खेलाडीले स्वर्ण र रजत जिते ।

यस्तै मुकेशले निर्धारित दूरी १५ मिनेट २५.५४ सेकेण्डमा दूरी पूरा गरे । यस इभेन्टमा भारतका खेलाडीले स्वर्ण र श्रीलंकन खेलाडीले रजत जिते ।

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर