

काठमाडौं – बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ।

यो खेल आज दिउसो सवा १ बजेदेखि शुरु हुने छ। नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ।

नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो।


नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ। प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।
Views: 65

