Aamsanchar

विश्वमा पहिलो पटक हड्डी जोड्ने बोन ग्लु तयार

Author Image
आइतवार, कार्तिक १०, २०८२

चीनका वैज्ञानिकले विश्वमा पहिलो पटक हड्डी जोड्ने बोन ग्लु तयार पारेका छन्। जसले भाँच्चिएको हड्डीलाई २÷३ मिनेटमै जोड्दछ।

बोन ग्लु सामुद्रिक सिपीबाट प्रेरित छ। यो छ महिनामा शरीरमै घुल्ने बायोडिग्रेडेबल पदार्थ हो। चीनको वेन्झोउमा डाक्टर लिन जियानफेङ्गको टोलीले डेढ सयभन्दा धेरै बिरामीमा यसको परीक्षण गरी यो सुरक्षित र प्रभावकारी रहेको साबित गरेको छ।

चिनियाँ वैज्ञानिकले बोन-०२ नामक उक्त जैविक पदार्थको विकास गरेका हुन्। डाक्टर लिनले समुद्रमा लहर तथा ज्वारभाटामा समेत सिपी नामक जीव नबगेर अडिग रहन सक्ने तथ्यको आधारमा रगतले भरिएको वातावरणमा हड्डीलाई पनि जोड्न सकिन्छ कि भन्ने विचार गरे।

सोही विचारका आधारमा उनले उक्त बोन ग्लु बनाए। उक्त ग्लुले दुई सय केजीभन्दा धेरै तौल भएको वस्तुलाई समेत टाँस्ने क्षमता राख्दछ। सर्जरी गरी उक्त ग्लु लगाउनाले भाँच्चिएका हड्डी २–३ मिनेटमै जोडिन्छन्।

 

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर