

काठमाण्डौ – एस्टन भिल्लाले इङ्गिलस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराएको छ । भिल्ला पार्कमा गएराति भएको खेलमा एस्टनका डिफेन्डर म्याटी क्यासले १९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो जितसँगै एस्टन भिल्लाले लगातार चौथो जित हात पारेको छ ।

सिटीका एर्लिङ हालान्डले केही राम्रो अवसर पाए पनि गोल गर्न सकेनन् । भिल्लासँगको हारपछि सिटीकोे नौ खेलको अपराजित यात्रा टुंगिएको छ । यो जितपछि एस्टन भिल्ला तालिकाको सातौँ स्थानमा पुगेको छ । सिटी चौथो स्थानमा छ ।

त्यसअघि गएराति नै आर्सनलले क्रिस्टल प्यालेसलाई १–० ले, बर्नलीले उल्भ्सलाई ३–२ ले, बोर्नमाउथले नटिङघम फरेस्टलाई २–० ले र टोटनहमले एभरटर्नलाई ३ शून्यले हराएका छन् ।


Views: 45

