

काठमाडौं – भारतीय मौसम विज्ञान विभागले हाल बंगालको खाडीमा सक्रिय रहेको चक्रवात मोन्था मंगलबार तीव्र चक्रवाती आँधीमा परिणत हुने बताएको छ। यसले तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्छ। चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएकोले आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ।

‘चक्रवाती आँधी साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनम बीचको तट पार गर्ने सम्भावना छ,’भारतीय मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति अनुसार त्यतिबेला हावाको गति प्रतिघण्टा ९०/१०० किलोमिटर पुग्न सक्छ। मौसम विभागले चक्रवाती आँधी ‘मोन्था’को प्रभावका कारण अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।


चक्रवाती आँधीलाई ध्यानमा राख्दै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले सोमबार आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पुडुचेरी र अण्डमान र निकोबार टापुका पार्टी एकाइहरूलाई चक्रवाती आँधी ‘मोन्था’ को सम्भावित प्रभावलाई ध्यानमा राख्दै राहत र सहायता कार्यको लागि पूर्ण रूपमा तयार रहन निर्देशन दिएका थिए।

