Aamsanchar

एक्लेफाँटमा माइक्रो दुर्घटना

Author Image
मङ्गलवार, कार्तिक ११, २०८२

दमौली-  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । माइक्रो सडक छेउको भित्तामा ठोक्किएको थियो। त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको गाडीसँग समेत ठोक्किएको थियो ।

 

 

 

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर